बगैँचामै पुगेर बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक

उज्यालो प्रतिनिधि २ माघ २०८१, बुधबार समाचार
जुम्ला,  कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापनलगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन् ।
प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुसी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताए । अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र स्याहर गर्दै आएकामा प्राविधिकले भने थप जानकारी दिने छन् ।
प्रमुख  पौडेलले भने, “यहाँका किसानको स्याउ प्रमुख आम्दानीको स्रोत हो, स्याउखेतीको विस्तार तथा आवश्यक सीप र प्रविधिको सहयोग गर्नेका लागि पालिका सक्रियताका साथ लागेको छ ।”
प्राविधिकहरु बगैँचामै आएर सबै जानकारी दिन थालेपछि आफूहरुले पनि धेरै जानकारी प्राप्त गरेको तातोपानी–७ का किसान हस्त रावतले बताए । “परम्परागत खेतीबाट स्याउ मात्र होइन सबै बानीनालीको उत्पादन अपेक्षा गरेअनुसार भएको छैन, प्राविधिक आएर सिकाउँदा सबैलाई फाइदा हुन्छ”, उनले भने  ।
किसानको परिश्रम खेर नजाओस भनेर स्याउखेतीको थप प्राविधिक कुरा सिकाउन कृषि शाखाबाट कर्मचारी बगैँचामै पठाउने गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार गाउँपालिका आठवटै वटामा कृषि प्राविधिक खटाइएको छ । जिल्लामा अहिले चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार