अबैध रुपमा सुस्ता भित्रयाइएका कुखुरा नष्ट

रबिन्द्र यादव ३१ भाद्र २०८१, सोमबार समाचार

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा आइतबार दिउँसो १२:३० बजे भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा नेपाल ल्याएको भन्दै १ सय ७० वटा ब्रोइलर कुखुरा नष्ट गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक संतोष सापकोटाले जानकारी दिए ।

मोटर साइकलमा लोड गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुरा सुस्ता गाउँपालिका-५ बनकट्टीमा सशस्त्र प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा रहेको गस्ती टोलीले नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथ अवैध रूपमा भारतबाट कुखुरा ल्याउने मानिस ब्रोइलर कुखुरा फालेर मोटरसाइकल सहित फरार भएको सशस्त्र प्रहरी गण नं २६ बेलाशपुरले जनाएको छ । अहिले उनीहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको हो । करिब ४ क्विन्टल रहेका कुखुराको मुल्य अन्दाजी डेढ लाख रहेको छ ।

नियन्त्रणमा ल्याइएको कुखुरा स्थानीय भद्रभलादमी, पत्रकार र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

केही समयदेखि भारतबाट मोटर साइकल र साइकलमा कुखुरा ल्याउने साना व्यापारी सक्रिय छन । सशस्त्र प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी गण नं २६ बेलाशपुरका गणपति प्रकाश वाग्ले आफ्ना मातहतका सम्पुर्ण वि ओ पी , कमाण्ड पोष्ट र सुरक्षा बेस क्याम्प लगायतका लाई चोरी तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार