कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






