काठमाडौं । नेपाली आकाशमा ६५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल बुद्ध एयरको जहाजमा पछिल्लो चरण एकपछि अर्को समस्या देखिन थालेको छ ।
केही दिन पहिले लगातार दुई दिनसम्म विभिन्न प्राविधिक समस्या आएर झण्डै दुर्घटनाको नजिक पुगेको बुद्ध एयरको जहाजमा आज फेरि अर्को समस्या देखिएको हो ।
प्राप्त जानकारी अनुसार सिमरा विमानस्थल अवतरणका क्रममा बुद्ध एयरको टायर फ्ल्याट भएको थियो । त्यसपछि यात्रुहरु दोस्रो जहाजबाट काठमाडौं आएका थिए ।
जहाजको टायरको हावा फुस्किएपछि बुद्ध एयरमार्फत् सिमराबाट काठमाडौं आउने यात्रुहरु अलपत्र परेका थिए । शुक्रबार बिहान एटिआर–७२ सिरिजको ९ एनएएमयु कलसाइनको जहाजको टायर फ्ल्याट भएको बुद्ध एयरका एक कर्मचारीले उज्यालो नेटवर्कसंगको कुराकानीमा बताए ।
बुद्ध एयरको विषयमा समाचार सम्प्रेषण गरेको भन्दै बुद्ध एयरको आधिकारिक फेसबुक पेजबाट पत्रकारहरुलाई पितपत्रकारिता गरेको भन्दै विरोध समेत जनाएको छ ।
पटकपटक बुद्ध एयरको लहापारबाहीका कारण जहाजमा समस्या आए पनि कहिले प्राविधिक समस्या र पाइलटको टाउको माथि दोष थुपारेर बुद्ध एयर उम्किने प्रयासमा छ ।






