सिन्धुपाल्चोक।नेकपा एमालेमा लामो समय काम गरेका जिल्ला कमिटीसदस्य सहित इन्द्रावती गाउँपालिका अध्यक्ष समेत रहेका प्रभावसाली नेता भुजुङ लामा आफ्नो बिग्यप्ती सार्बजनिक गर्दै माधवकुमार नेपाल अध्यक्ष रहेका नेकपा “एकीकृत समाजबादि”मा प्रवेश गरेका छन्। 

उक्त पालिका भित्रै नेकपा एमालेमा रहेर दसकौ साल राजनीति गर्दै आएका पुराना नेता इन्द्रावती गाउँपालिका एमाले सचिव रामजी थापाले भने यस अघिनै “एकीकृत समाजबादि” सिन्धुपाल्चोक जिल्ला कमिटी गठन सगै पार्टी परित्याग गरिसकेका छन्।
बिग्यप्तीमा लामाले भनेका छन् पार्टी,संगठन भित्र ब्यक्तिबाद मौलाउदै गएको छ,इमान्दार र कर्तव्यनिस्ट कार्यकर्ता दिनप्रतिदिन निराश हुँदै गएका छ,पार्टीको निति सिद्धान्त एकातिर र व्यबहार अर्को तिर देखिन्छ जसकारण कम्युनिस्ट आन्दोलनको इतिहास र बिरासत समाप्त हुने दिसातर्फ उन्मुख भएको छ।
उक्त गाउँपालिकाको पहिलो स्थानीय चुनावमा नेकपा एमालेले थोरै मत अन्तरले काग्रेससग पराजित हुनु परेको थियो,आगामी दिन अध्यक्ष एबम सचिव सहित नेकपा “एकीकृत समाजबादि”मा गए संगै एमाले झनै कमजोर भएको आकलन गर्न थालिएको छ।






