सिन्धुपाल्चोक बाढी र प्रभावितको समस्याबारे सभामुखसहित प्रचण्ड र नेपाललाई जिल्ला नेतृत्वको ध्यानाकर्षण

उज्यालो प्रतिनिधि २४ श्रावण २०७८, आईतवार समाचार

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा आएको बाढीबाट भएको अकल्पनिय क्षती र त्यसबाट उत्पन्नको समस्याका बारेमा केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण गराइएको छ । बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षिय समितिले पूर्वप्रधानमन्त्री तथा सभामुखसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, एमाले वरिष्ठ नेता माधवकुमार लगायतलाई भेटेर जिल्ला नेतृत्वले अल्पकालिन र दीर्घकालिन समाधानका लागि आह्वान गरेको हो ।

आइतबार नेताहरुको निवासमा पुगेर बाढीपीडित तथा जिल्लाका राजनीतिक दलका नेताहरुले बाढीबाट उत्पन्न क्षतीको बारेमा जानकारी गराएका थिए । गत १ असारमा आएको बाढी र त्यसपछि भएका क्षतीले यतिबेला हेलम्बुदेखि मेलम्चीसम्मका नदी तटिय क्षेत्रका बासिन्दाहरुले समस्या भोगिरहेका छन् । सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएपनि सो अनुसार सरकारको ध्यान नपुगेको भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अबरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाइएको हो ।

हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धि प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभुत खानेपानी मर्मत गरी खानेपानीको आधारभुत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तिहरु स्थानन्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् ब्यवस्थापन क्षेत्रका विज्ञहरु, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरुसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी एि । साथै, उनले साउन १४ गते गृह मन्त्री बालकृष्ण खाणसँग तत्काल २ वटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको बताएका थिए ।

आफूलाई भेट्न निवासमा पुगेका पीडितहरुको कुरा सुनिसकेपछि अध्यक्ष प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

यसअघि जिल्ला नेतृत्व तथा जनप्रतिनिधि सो क्षेत्रमा परको विपद्पछि फिल्डमै उत्रिएर विभिन्न कामहरु गरिरहेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री युवराज दुलाल शरद निरन्तर अनुगमन तथा राहत तथा उद्धारमा लागिरहेका छन् । साथै, बागमती प्रदेशभमा माओवादी केन्द्रले जितेका पालिकाहरुबाट पनि हेलम्बु, मेलम्ची र थाङपालधापका लागि सहयोग रकम उपलब्ध गराइसकेको छ ।
माओवादी केन्द्रको अगुवाइमा आफ्ना कार्यकर्ताहरु परिचालन गरेर शनिबारदेखि नदीको जोखिम रहेको क्षेत्रहरुमा तारबाँधको काम भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार