कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७८, मंगलवार कर्णाली प्रदेश

कर्णाली । कर्णाली प्रदेशमा कोभिड—१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो । सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए । प्रदेशका सबै जिल्लाको तथ्याङ्कलाई आधार मानेर पठाइएको सो खोप सम्बन्धित जिल्लाका स्वास्थ्य सेवा कार्यालयले आ–आफ्नो अनुकूलताका आधारमा सो समूहका ज्येष्ठ नागरिकलाई दिइने उनको भनाइ छ ।

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार प्राप्त खोपको मात्रामध्ये डोल्पामा एक हजार २१०, मुगुमा एक हजार ८२९, हुम्लामा एक हजार ६८०, जुम्लामा तीन हजार ६३६, कालीकोटमा चार हजार ५२९, दैलेखमा आठ हजार ४९५, जाजरकोटमा पाँच हजार ६७३, रुकुमपश्चिममा चार हजार ८५८, सल्यानमा सात हजार ७६८ र सुर्खेतमा ११ हजार ९७२ पठाइसकिएको छ । “हामीले गत माघको १४ देखि २४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा रहेका नौ हजार ४८४ जनालाई कोभिशिल्ड खोप लगायौं”, उनले भने, “पहिलो चरणकै दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २१ हजार ७४२ खोप लगाइएको छ ।” दोस्रो चरणमा गत फागुन २३ देखि चैत २ गतेसम्म ८१ हजार ४९६ जनालाई कोभिशिल्ड खोप दिएको तर उनीहरुले दोस्रो डोज लगाउन नपाएको उनले बताए ।

हालसम्म एक लाख १२ हजार ७२२ जना कर्णालीवासीले कोभिशिल्ड भ्याक्सिन लिएका छन् । उनीहरुलाई दोस्रो डोज लगाउन भने कोभिशिल्ड खोप नै आउनुपर्ने उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार