सिमकोट र नाम्खा गाउँपालिकालाई स्वास्थ्य सामग्री

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७८, मंगलवार कर्णाली प्रदेश

सिमकोट । शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले जिल्लाका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना कहरमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सिमकोट र नाम्खा गाउँपालिकालाई सहयोग गरेको संस्थाका संयोजक कञ्जोक लामाले जानकारी दिए ।

संयोजक लामाले सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र नाम्खा गाँपालिकाका अध्यक्ष विष्णुबहादुर लामालाई थर्मलगन, १५० थान केएन ९५ मास्क, पाँच जहार थान सर्जिकल मास्क, १२ बोत्तल सेनिटाइजर, १०० सर्जिकल ग्लोब्स, ५७६ पिस हेन्ड वासिङ, ३० थान फेससिल्ड, २० बोत्तल लिक्वीट सप हस्तान्तरण गरिएको छ । सामग्री बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संस्थालाई धन्यवाद दिए । हस्तान्तरित स्वास्थ्य सामग्रीले कोरोना कहरसँग लड्न थप बल पुग्ने भन्दै अध्यक्ष लामाले कोरोना विरुद्धको लडाइमा सबै एक हुनुपर्नेमा जोड दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार