कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने

कर्णाली । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका नागरिकका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वनमन्त्री आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज टेलिफोन गरी जानकारी लिए ।

सो अवसरमा मुख्यमन्त्री शाहीले दैनिक एक हजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न आग्रह गर्नुभएको मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

वनमन्त्री आलेले आजै टेलिफोन गरेपछि कर्णाली प्रदेशका सबैै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आआफ्ना जिल्लामा चिकित्सक, अक्सिजन र कोरोना परीक्षणका लागि एण्टिजेन किट नभएको गुनासो गरेको थियो । उनीहरुले कतिपय जिल्ला यातायातका साधनबाट समेत टाढा भएकाले बिरामी जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनुपर्ने माग पनि गरेको थियो ।

नेकपा(एमाले) ले सातै प्रदेशका लागि कोभिड फोकल पर्सन तोक्ने क्रममा वनमन्त्री आलेलाई कर्णालीको जिम्मेवारी दिएको छ । जिम्मेवारी तोकिएपछि मन्त्री आलेले उक्त प्रदेशमा कोरोनाका कारण भइरहेका समस्या तथा आवश्यक पर्ने साधनस्रोतका बारेमा दैनिकजसो जानकारी लिएका छन । यसैगरी मन्त्री आलेले कर्णाली प्रदेशका कुनै पनि जिल्लामा समस्या आइपरे तत्काल आफूलाई फोन गर्न सबैमा आग्रह गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार