काठमाण्डौ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको शब्द र संगीतमा ‘ङाला माया’ बोलको गीत बजारमा आएको छ ।गीतलाई डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो । गीतमा गायिका सुमिना लो र उनै गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको आवाज रहेको छ ।
सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतलाई आगा लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
उक्त म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, राजु तामाङले कलर र सम्पादन गरेका हुन । भिडियोलाई तामाङ चलचित्र जगतमा महानायकको रुपमा परिचित अमिर दोङ्ले निर्देशन र कोरियोग्राफी गरेका हुन भने उनै दोङ र निर्मला तामाङ, हिरा तामाङ, पुष्पा स्याङ्तानलाई भिडियोमा देख्न सकिन्छ ।






