रघुगङ्गाद्वारा एक सय त्रिपन्न योजना कार्यान्वयन
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३ उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाका प्राबिधिक शाखाले जनाएको छ । शाखाका प्रमुख इन्जिनियर सुदीप गौतमले पूर्वाधार योजनाहरुका लागि विनियोजन भएको रु ११ करोड ७७ लाख ४७ हजार बजेटमध्ये ७२।९२ प्रतिशत अथवा रु आठ करोड ५८ लाख ७२ हजार पाँच सय ४७ खर्च भएको जानकारी दिनुभयो । यो विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमका ३० योजना बाहेकका हुन् । २५ भवन, ३५ सडक, ३२ स्वास्थ्य, शैक्षिक संस्था र खेलकुद पूर्वाधार, ११ खानेपानी तथा ढल, १७ गोरेटोबाटो, एक सिँचाइ, एक विद्युत्, आठ सम्पदा र बस्ती संरक्षण, चार मन्दिर, तीन जग्गा व्यवस्थापन र थप पढ्नुहोस् ...







