आजको मौसम : बर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जानकारी दिएको छ । महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । यसैगरी, हाल देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ्र आइतबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । थप पढ्नुहोस् ...





