भेडेटारबाट

बस र ट्याम्पो घुम्तीमा जुध्दा ट्याम्पो चालकको मृत्यु

धरान । धरानबाट भेडेटारतिर जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरानतर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो घुम्तीमा जुध्दा ट्याम्पो चालकको मृत्यु भएको छ । ट्याम्पो चालक धरान–१७ बस्ने ४० वर्षीय खड्गबहादुर विकको मृत्यु भएको हो । ट्याम्पोमा सवार ताप्लेजुङ लिङखिम बस्ने १५ वर्षीया उषा लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना भेडेटारदेखि करिब डेढ किलोमिटर दुरीमा रहेको घुम्तीमा भएको थियो । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार चालक कामीको घटनास्थलमै मृत्यु भएको थियो । घाइते लिम्बूलाई स्थानीयले उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाइएको छ । प्रहरीले बस चालक गोविन्दबहादुर कटुवाललाई बससहित नियन्त्रणमा लिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ बैशाख २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार