नवौँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट सेमिफाइन पुगेका छन् । यस्तै पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । पुरुष र महिला ब्याडमिन्टनमा भने बैतडी पराजित भएको छ । कबड्डीको पहिलो खेलमा बैतडी दार्चुलासँग पराजित भएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका एक सय ५६ खेलाडी सहभागी छन् । कैलाली र कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ । नवौँ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ आश्विन २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार