बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

उज्यालो प्रतिनिधि ७ भाद्र २०७९, मंगलवार खेल

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।

यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।

जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो ।

बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार अन्य छनोट प्रतियोगिता भने साबिककै मितिअनुसार हुनेछन् । यही भदौ १० गते पहिलो दिन टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला/पुरुष), छनोट सदरमुकाममा हुनेछ । भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन (महिला÷पुरुष), उसु फुल कन्ट्याक्ट कराते (महिला/पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ ।

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला÷पुरुष), एथलेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष) छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

दर्ता फारम नभरेका खेलाडीलाई छनोटमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिनेसमेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका तीन सय २९ खेलाडीले आवेदन भरेका छन् ।

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार