नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि

उज्यालो प्रतिनिधि ३० भाद्र २०७९, बिहीबार खेल

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन् ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार