सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
भक्तपुर, सूर्यविनायक नगरपालिका र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ । सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए । परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनोट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेड्क्रस सोसाइटीले आयोजना गरेको पाँचदिने व्यवहार परिवर्तनसम्बन्धी तालिमको आज समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएक हुन् । यसअघि पनि यस नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिकाभित्र बस्ने कोही पनि ज्येष्ठ नागरिकले थप पढ्नुहोस् ...













