सुडी समाजद्वारा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, सुडी समाज काठमाडौँले महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा १० हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै भोजनको व्यवस्था गरिएको समाजका महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीले जानकारी दिए । समाजद्वारा आयोजित स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको उपचारका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

समाजका अध्यक्ष शीतलप्रसाद महतोले हिन्दु धर्म, संस्कृतिको जगेर्ना र सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यले महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रममा समाजका उपाध्यक्ष विनय गामी, महासचिव डा प्रकाशचन्द्र पञ्जियार, सचिव वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा संविधानसभा सदस्य शैल महतो, समाजका सदस्यहरु रेखा महतो, प्रियङ्का पूर्वे, ममता महासेठलगायतलाई सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार