अठासी जना गर्भवतीलाई पोषणयुक्त खाद्यान्न वितरण

तनहुँ, ५ असारः जिल्लाको भानु नगरपालिकाले ८८ जना गर्भवतीका लागि पोषणयुक्त खाद्यान्न वितरण गरेको छ । सामाजिक विकास कार्यक्रमको आयोजना, भानु नगरपालिकाको समन्वय तथा सानिमा बैंकको आर्थिक सहयोगमा बिहीबार पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।

गर्भावस्थामा आमाको स्वास्थ्य अवस्था सुदृढ बनाउन र पोषणको पहुँच बढाउने उद्देश्यले कार्यक्रम लागू गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले बताए । पहिलो चरणमा वडा नं १ देखि ६ सम्मका गर्भवतीलाई लक्षित गरी सम्बन्धित वडामा पुगेर पोषणयुक्त खाद्यान्न प्रदान गरिएको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य र पोषणमा लगानी गर्नु स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले गर्भवती तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार