ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण
ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो । फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन भने सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनका अनुसार ढोरपाटनसँगै तमानखोला गाउँपालिकाका दुई शङ्कास्पद बिरामी रहेका उनको भनाइ छ । हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको शर्माले जानकारी थप पढ्नुहोस् ...













