स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत, फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ४०० जना बिरामीले परीक्षण गराएका छन् । शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य रोगको परीक्षण तथा परामर्श तथा कार्डियो डाइबेटिकसम्बन्धी विशेषज्ञ परामर्श दिइएको थियो ।

चालीस जना चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
ग्लोबल समाज पर्वतका महासचिव कमल लामिछानेले भने , “हामी विदेशमा रहे पनि हाम्रो भावना सदैव हाम्रो जन्मभूमिप्रति नै केन्द्रित छ । हामी जहाँ रहे पनि यहाँ रहेका हाम्रा बुबाआमा तथा दाजुभाइ दिदीबहिनीका खातिर केही न केही योगदान गर्दै आइरहेका छौँ ।”

विगतमा भूकम्प, कोभिड–१९, शिक्षा, स्वास्थ्यलगायतमा ठूलो आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको समाजले हाल मात्रै प्रदेश अस्पताल पर्वतमा करिब रु ४० लाखको लागत बराबरको काम पूरा गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार