विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
कञ्चनपुर, २९ जेठः थारू समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास (होमस्टे)मा पञ्चधातुको मूर्ति स्थापना गरिने भएको छ । मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारू समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ३५ लाख लागतमा सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर पञ्चधातुको मूर्ति निर्माण गर्न लागिएको हो । होमस्टे परिसरमा स्थापना गरिने उक्त मूर्तिले जमिन्दारी प्रथाका बेला कमैया महिलाले भोग्नुपरेको कठिन जीवन र त्यसबाट प्राप्त मुक्तिको सन्देश प्रस्तुत गर्नेछ । विजयसाल होमस्टे सञ्चालक समितिका अध्यक्ष परदेशनीकुमारी डगौराले मूर्ति निर्माणको कामको ठेक्कामार्फत ललितपुरमा भइरहेको जानकारी दिनुभयो । मूर्ति निर्माणको ८० थप पढ्नुहोस् ...












