राजस्थानले मुम्बईलाई हरायो।
काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ । राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पछ्यायो । यद्यपि, राजस्थानको सुरुवात भने राम्रो हुन सकेन । मुम्बईका तीव्र गतिका बलर जेम्स प्याटिन्सनले राजस्थानलाई शुरुमा नै दुईवटा झट्का दिएको थियो । कप्तान स्टीभ स्मिथ ११ रन तथा रोबिन उथप्पा १३ रन बनाएर आउट भए । दोस्रोतर्फ स्टोक्सले पारी सम्हाल्दै ६० बल नटआउट रहँदै १०७ रन थप पढ्नुहोस् ...








