राजस्थानले मुम्बईलाई हरायो।

उज्यालो प्रतिनिधि १० कार्तिक २०७७, सोमबार खेल

काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ ।

राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पछ्यायो ।

यद्यपि, राजस्थानको सुरुवात भने राम्रो हुन सकेन । मुम्बईका तीव्र गतिका बलर जेम्स प्याटिन्सनले राजस्थानलाई शुरुमा नै दुईवटा झट्का दिएको थियो । कप्तान स्टीभ स्मिथ ११ रन तथा रोबिन उथप्पा १३ रन बनाएर आउट भए । दोस्रोतर्फ स्टोक्सले पारी सम्हाल्दै ६० बल नटआउट रहँदै १०७ रन बनाए । उनले सञ्जु स्यामसनसँग मिलेर १५२ रनको साझेदारी गर्दै टीमलाई जीत दिलाए ।

खेलमा स्याम्सनले ३१ बलमा ५४ रन बनाए । उनले ३ छक्का र ४ चौका हिर्काए । योसँगै स्याम्सन यो सिजन सबैभन्दा बढी छक्का हिर्काउने खेलाडी बने । उनले २३ छक्का हिर्काएका छन् भने निकोलस पूरनले २२ छक्का हिर्काएका छन् ।

पहिलो पारीमा हार्दिक पाण्ड्याको ६० रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । सूर्यकुमार यादवले ४० तथा इशान किसनले ३७ रनको योगदान दिए ।

यसअघि पहिलो खेलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ८ विकेटले पराजित गरेको थियो । बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा रहेको छ भने चेन्नई पुछारमा सिमित छ ।एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार