पनौतीमा बालश्रममुक्त अभियान, ‘एक घर–एक मिनेट जनप्रतिनिधि’ कार्यक्रम प्रभावकारी बन्दै
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ । यसअघि तीनवटा वडालाई बालश्रममुक्त घोषणा गरिएको थियो । घोषित २ नं वडा भने जिल्लामै पहिलो बालश्रममुक्त घोषणा गरिएको वडा हो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १२ वडामध्ये २, ५, ६, ८ र ११ गरी पाँचवटा वडामा बालश्रम नभएको घोषणा गर्दै बालश्रममुक्त वडा घोषणा गरिएको छ । बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले ३९ वटा सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । हाल उक्त पनौती नगरले बालश्रम निवारणका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया कार्यक्रमसँगै ‘एक घर–एक मिनेट जनप्रतिनिधि’ अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत स्थानीय प्रत्येक घर, होटल, पसल, थप पढ्नुहोस् ...












