शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
घोराही(दाङ) । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उनले शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनले पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन् । ‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरु सबै काम छोडेर यही पेशामा रमाइरहनुभएको छ । “शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु”, खनालले भने, “कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदैगएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।” सुरुआती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गर्नुभएका उहाँले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहनुभएको छ । थप पढ्नुहोस् ...












