हुँदाहुँदा एमालेभित्र पनि खड्गप्रसादको ‘अधिनायकवाद’

विवेक लोप्चन २८ फाल्गुन २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमालेभित्र पनि ‘अधिनायकवाद’ लाद्न खोजेका छन् ।

नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई खारेज गर्दै ओलीले एमालेभित्र अधिनायकवाद लाद्न खोजेका हुन् । अधिनायकवाद भनेको एकलौटी शासन गर्ने प्रणाली र शैली हो ।

पार्टीको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा गुट भेला राखी खारेज गर्ने निर्णय गर्दै उनले अब एमालेभित्र अधिनायकवादको अभ्यास थालेका हुन् ।

यसअघि ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अधिनायकवाद लादेका थिए । त्यसको फलस्वरुप पार्टी एकता भंगय भयो ।

त्यस्तै प्रतिनिधिसभा समेत भंग गरी ओलीले जनताको सर्वोच्च संस्था प्रतिनिधिसभाको हत्याको प्रयास गरेका थिए । आफूले भनेपछि सबै हुन्छ भन्ने ठानेका ओलीले संसदमाथि अधिनायकवाद लाद्न खोजेका थिए । तर, सर्वोच्चले उनको कदम रोकेका थिए ।

सर्वोच्चले नेकपा नामसँगै पार्टी एकता खारेज गरी पूर्व पार्टीहरु एमाले र माओवादी ब्युँताएका थिए । त्यसअघि प्रचण्डसँगै रहका माधवकुमार नेपाल र झलनाथ खनालको टिम एमाले फर्केका थिए ।

तर, उनीहरुसँग एकपटक पनि परामर्श नगरी ओलीले एकलौटी रुपमा महाधिवेशनको मिति पनि तोकेका छन् । आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने ओली पक्षको निर्णय छ ।

त्यस्तै माओवादीबाट एमालेमा विलय भएकाहरुलाई समेत एकलौटी रुपमा ओलीले जिम्मेवारी तोकेका छन् ।

ओलीको यो कदमपछि वरिष्ठ नेता झलनाथ खनालले उज्यालो नेटवर्कसँग भने, ‘अहिले हामी छलफलमा छौँ, यति भन्छु हुँदाहुँदा ओलीजीले एमालेमा पनि अधिनायकवाद लाद्न खोज्नुभयो, हामी मान्दैनौँ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार