नापी बिभागमा धर्ना

काठमाडौं । नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी बिभागमा धर्ना दिएको छ ।

नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म बिभागमा धर्ना दिने जनाएको छ ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सुचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताए । नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका बिषय पनि सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने अभियानको भनाई छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार