काठमाडौं । नेकपा ((प्रचण्ड–नेपाल) पक्षले भोलि (शुक्रबार) काठमाडौं वृहत विरोध कार्यक्रमको आयोजना गरेको छ । लाखभन्दा बढी युवा नेता तथा कार्यकर्ता उतार्ने जमर्को गरिएको यो भेलालाई सुरक्षाका हिसाबले पनि संवेदनशिल मानिएको छ ।
केपी शर्मा ओलीको प्रतिगमको विरुद्धमा ‘शाकाहारी आन्दोलन’ले पुग्दैन भन्ने अध्यक्ष प्रचण्डको भाषणपछि यो पक्षका नेता कार्यकर्ताहरु झनै जुझारु भएर लागेको देखिन्छ । भोलिको कार्यक्रमका लागि सबै तयारी पूरा भएको पार्टीले जनाएको छ ।
यसैबीच भोलि देशैभर एकैपटक कालो बेलुन उडाउने कार्यक्रम पनि राखिएको छ । दिउँसो साढे १२ बजे देशैभर बेलुन उडाउने कार्यक्रम राखिएको छ । भोलिको कार्यक्रममा लुम्बिनी प्रदेशको संयोजगत्व जितेन्द्र पुनले गर्नेछन् ।
उपत्यकामा कुन प्रदेशको कहाँ कहाँ ?
१) १ नम्बर प्रदेश : जडिबुटि, कोटेश्वर, टिनकुने, सिनामंगल, गौशालाला, चाबहिल र सुकेधारा, बौद्द, जोरपाटी सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा २० वटा)
२) २ नम्बर प्रदेश : कुपोन्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना सम्म ब्यानर सहितको बेलुन उडाउने । ( कम्तिमा १५ वटा)
३) बागमती प्रदेशः सामाखुसी, बसुन्धारा, महाराजगन्ज, लाजिम्पाट, लैनचौर, सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रत्नपार्क, बागबाजर, गडिल्लीबजार, नक्साल, बालुवाटार सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा २० वटा)
४) गण्डकी प्रदेश : कलंकी, सितापाइला, स्वयम्भू, बनस्थाली, बालाजु, बसपार्क, गोंगबुचोक सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा १५ वटा)
५) लुम्बिनी प्रदेश : बानेश्वर चोक सहित पानी ट्यान्की, बबहरमहल, माइतीघर, थापाथली, सिहंदरवार, अनामनगर सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा २० वटा)
६) कर्णाली प्रदेश : सुन्धारा, जमल, बसन्तपुर , कालिमाटी, त्रिपुरेश्वर सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा १५ वटा)
७) सुदुरपश्चिम प्रदेश : बल्खु, एकान्तकुना, सातदोबाटो बालकुमारी, सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा १५ वटा)
(काठमाडौं, ललितपुर, भक्तपुरले आफै छुट्टै गर्नेछन्)






