एजेन्सी । इन्डोनेशियाको जकार्तामा एक अस्पतालमै गैर जिम्मेवार गतिविधि भएको खबर सार्वजनिक भएको छ । यहाँकी एक समलैङ्गिक नर्सले आफ्नो निजी सुरक्षा उपकरण उतार्दै कोराना संक्रमितसँग शौचालयमा यौन सम्पर्क गरेको पाइएको छ ।
ट्वीटरमा मानिसहरुले यस यौन सम्बन्धबारे भिडियो साझा गरेपछि मात्रै यो घटना बाहिरिएको हो । यो भिडियो भाइरल बनेको छ । यूकेको सनका अनुसार यो घटना जकार्तामा एक कोरोना संक्रमितका लागि बनेको विस्मा एलट इमरजेन्सी अस्पतालमा यो घटना भएको हो ।
छिट्टै सामाजिक सञ्जालमा यो पोस्ट भाइरल बनेको थियो ।
सोधपुछका क्रममा शौचालयभित्र यौन सम्बन्ध बनाएको स्वीकार गरेका छन् । कोरोना भाइरस नेगेटिभ आएपछि नर्सलाई अगाडिको कारबाहीका लागि सेन्ट्रल जकार्ता प्रहरीलाई सुम्पिएको छ ।






