महाभारत युद्ध हुँदा कृष्ण भगवान ९० वर्षका थिए, तर देखिए जवान, कसरी ?

उज्यालो प्रतिनिधि १० पुष २०७७, शुक्रबार रोचक बिचित्र

एजेन्सी । सोमबार हिन्दूधर्मावलम्बीहरुले कृष्ण जन्माष्टमी मनाएका छन् । कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण मन्दिरहरुमा धर्मावलम्बीहरुको भीड लागेको छ ।

भगवान कृष्णले कर्मयोग र ज्ञानयोग वारेको ज्ञानलाई महत्वका साथ लिइने गरिएको छ ।

कृष्ण भगवानका विभिन्न रुप देख्नु भएको होला तर के तपाईले कहिल्यै कृष्णको बृद्धाअवस्थाको फोटो देख्नु भएका छ ?

सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।

पक्कै पनि तपाईले कहिल्यै देख्नुभएको छैन । किनकी भगवान कृष्ण कहिल्यै बृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । यो आलेखमा उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो उनको उमेर ।

भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो ।

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे ।

आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ ।

सर्वाधिक आकर्षक

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो ।

विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् । जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार