भारत । भारतमा पुच्छरसहितको एक शिशुको जन्म भएको छ । भारतको राज्य उत्तर प्रदेशको नोयडास्थित एक अस्पतालमा पुच्छरसहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ ।
जन्मदा बच्चको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो मासुको एक भाग निस्केको थियो । अस्पतालका चिकित्सक तथा नर्सका साथ साथै आमाबुवा र परिवारका मानिस पनि यो देखेर छक्क परेका थिए ।
जन्मेको बच्चा पूर्ण रूपमा स्वस्थ रहेको र आमाको दूध मज्जाले पिइरहेको चिकित्सकले बताएका छन् ।






