जनार्दन शर्मा भन्छन्, ‘अराजक भएको त यो देशमा प्रधानमन्त्री ओली मात्रै हो’

उज्यालो प्रतिनिधि ७ पुष २०७७, मंगलवार BOX NEWS

काठमाडौं । नेकपाका स्थायी कमिटि सदस्य जनार्दन शर्माले देशमा अराजक भएको प्रधानमन्त्री केपी शर्मा ओली मात्रै भएको बताएका छन् ।

एक अनलाइन सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

पूरा अन्तार्वार्ता हेर्नुस् : ‘पाँचै वर्ष खानोस् भन्यौं, ओलीलाई अर्कै भोक लागेको रहेछ’

उनले भनेका छन्, ‘हामी विधि र पद्दतिमा चल्नुपर्छ । हाम्रो विधानमा दुईवटा अध्यक्ष भनेर लेखिएको छ । दुईमध्ये एक अध्यक्षले राष्ट्रघाती र परिवर्तन विरोधी कदम अगाडि बढाइसकेपछि स्थायी कमिटीले उहाँलाई कार्बाही गर्ने प्रस्ताव पारित गरिसक्यौं । यसलाई आज केन्द्रीय कमिटीबाट अनुमोदन गर्छौं । अब यत्रो घटना भइसकेपछि अनुशासनको कार्बाही हुने भन्ने त विधानमै पनि हुन्छ । त्यसकारणले त्यो कार्वाहीमा उहाँ ओली परिसक्नुभएको छ । त्यसैले एउटै अध्यक्षले बैठक सञ्चालन गर्ने कुरा आउँछ । यो हाम्रो परिस्थिति हो । हामीले एकता गर्दा ख्याल ठट्टा गरेको होइन । हामीसँग ४४१ ज्नाको केन्द्रीय कमिटी छ । त्यसको अत्यधिक बहुमत संख्यासहितको अध्यक्षले बोलाएको बैठकबाहेक अरु बैधानिक हुँदैन । मनसन्तोष र भ्रम दिने कुरा त होला, बैधानिक हुँदैन । प्रधानमन्त्रीले जस्तै सबैले विधि र कानून मिच्छन् भन्ने लाग्दैन । अराजक भएको त यो देशमा प्रधानमन्त्री मात्रै हो । मंगलबार एक बजे बोलाइएको बैठक, नेकपाको बैठक त्यही नै हो । नेकपा रहिरहन्छ । उहाँले एमाले खोल्नुभएको छ, पहिले नै । अब उहाँ त्यो पार्टीमा प्रवेश गर्नुहोला । यहाँबाट कार्बाही भएपछि त त्यता लाग्नुहोला । त्यो अर्को पाटो हो । तर, नेकपा रहन्छ । नेकपा आफ्नो पार्टीको विधि, पद्दति, प्रणालीअनुसार अगाडि बढ्छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार