कसले दियो भगवान विष्णुलाई सुदर्शन चक्र ?

उज्यालो प्रतिनिधि १३ मंसिर २०७७, शनिबार रोचक बिचित्र

एजेन्सी । यदि भगवानले कसैलाई वरदान दिए भने उसको जीवन सफल हुने मान्यता रहेको छ । भगवानको आशिर्वादले जीवन राम्रो बन्ने मान्यता रहेको छ ।

वेद पुराणमा पनि यो बारेमा जानकारी दिइएको छ । तर आज हामी भगवान विष्णुलाई सुदर्शन चक्र कसले दियो भन्ने बारेमा तपाईलाई जानकारी गराउनेछौँ ।

भगवान विष्णुसँग जोडिएका अनेक कहानी हाम्रो धर्मग्रन्थमा पढ्न पाइन्छ । यस्तै एउटा रोचक कुरा कार्तिक शुक्ल चतुर्दशीसँग जोडिएको छ ।

यो चतुर्दशीलाई वैकुण्ठ चतुर्दशीकारुपमा मनाउने गरिन्छ । त्यो दिन भगवान विष्णु र शिवलाई पूजा गर्ने गरिन्छ ।

के छ पौराणिक कथा ?

पौराणिक कथाका अनुसार विश्वको पालनकर्ता भगवान विष्णुलाई हिन्दू धर्मका तीन महान ईश्वरीय रुपमामध्ये एक मान्ने गरिन्छ ।

तपाईले भगवान विष्णुको फोटो वा मूर्ति हेर्दा पक्कै त्यहाँ सुदर्शन चक्र बोकेको देख्नु भएको होला । उक्त चक्र भगवान शिवले विष्णुलाई जगत कल्याणको लागि दिएका थिए ।

भगवान शिवले विष्णुलाई दिएको सुदर्शन चक्रको फरक कथा छ । एकपटक राक्षसको देवलोकमा अत्याधिक भएको थियो । जसका कारण सबै देवताहरु डराएर विष्णुको शरणमा गएका थिए ।

त्यसैबेला विष्णुले देवताहरुको रक्षाका लागि कैलासमा गएर महादेवसँग प्रार्थना गरेका थिए । त्यसैबेला राक्षसको नाशका लागि शिवले विष्णुलाई सुदर्शन चक्र दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार