काठमाडौं । चर्चित संगीत संयोजक एंव संगीतकार सुदिप सागरले संगीत संयोजन गरेको लोक दोहोरी गीत ‘हिरो हिरोनी’ बजारमा आएको छ ।
गीतमा गायक दिपक बसन्त कार्की र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको छ ।
गीतमा शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । अभिनेता पल शाह र अभिनेत्री दिीपिका प्रसाईँको अभिनय रहेको उक्त भिडियोलाई काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्रफी गरेका हुन ।
गीतलाई चर्चित संगीत संयोजक एंव संगीतकार सुदिप सागरले संगीत संयोजन गरेका हुन । उनले एरेन्ज गरेका ‘फुली नाकैमा’, ‘माया गर्छु है’,’पानको पात’ तिम्रो संसार, ओइ माया, आज गाउँमा लगायत थुप्रै गीत हिट छन ।






