राम र सिताको जीवन कहानी

एजेन्सी । त्रेता यूगमा अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।

सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ । जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् ।

सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।

यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

यहि प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् । आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साईत देखाउन पर्दैन किनभने आज पौराणीक रुपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसंगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ ।

२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्डभएको ठूलो खण्डकाब्य रामायण यीनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछी गएर वाल्मिकी ऋृषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलीत छ । रामायणका यीनै पंक्तिहरुलाई वाल्मिकी ऋृषिले रामका पुत्रहरु लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणका पंक्तिहरु सुनेपछी रामले आफ्ना छोराहरुलाई ठम्याएका पनि हुन् ।

सीताको अग्निपरीक्षापछी रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारीक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समूदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ ।
सीता अनि रामका कहानी र कथनहरु शदियौं सम्म चलिरहोस् ।
यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।

सीता

सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सित स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो।

भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।

सिताको जन्म
आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन्। साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन्। हुन त सीता नामले उनका बारेमा जान्नचाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ। विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन्। सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ। यज्ञभूमि तयार पार्न राजषीॅ जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ। सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन। वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण (तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।

देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान ९कन्या०लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो। मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो। अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो। ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो। तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्‍यो। गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए। उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे। रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो। रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन्। मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो। यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन्। राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन।

सीता अपहरण गर्दा रावणले जटायूको पखेटा काटिदियो

आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए। त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो। मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो। गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्(‘म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु।’ आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी ‘पद्मा’ राजा पद्माक्षरकी छोरी हुन्। पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन्। केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन्। रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्। यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन्।

कम्बरामायणका अनुसार शीरध्वज ९जनक०का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन्। यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन्। अन्य किम्बदन्ति का आधारमा सीतालाई मिथिलाका राजा जनककी छोरी भनिएता पनि रामायणका अनुशार सीताको जन्म रावणकी धर्म पत्नी मन्दोधरीको गर्भबाट भएको हो। त्रेतायुगमा लंकाका तत्कालीन राजा रावणले आफ्नो ताकतको घमण्डमा पृथ्वी भरी उत्पात मचाएको थियो। रावणले प्रत्येक दिन जनताहरूबाट कर असुलेर एक सेर सुन ल्याउने गर्थ्यो। यसरी बिथिती गरेका कारण सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंश नास गर्ना निमित्त सबैले आफ्नो(आफ्नो रगत अली( अली निकालेर एक पञ्चरंगी डिब्बामा एक सेरको तौल बराबर बनाएर राखे।

केही दिन पछि रावण कर असुली गर्न ऋषिहरू भए ठाउँ गयो। ऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर भने “महाराज हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ। यो लिएर जानुस्।” यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर तौल गर्दा एक सेर पुरा भएकाले न खोलेरै आफ्नो घर ल्याएर आयो। रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दियो। मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ भन्ने बिचारले खोलेर हेर्दा रगत देखियो। मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको भएको ठानेर रिसले त्यो रगत पिईन्। केही दिन पछि मन्दोधरीलाई गर्भ रहयो। मन्दोधरीको पेटमा धेरै पिडा भएका कारण रावणले ज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगायो ज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावणकुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिए।

यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लाग्यो। यसरी हेर्दा उसले जनकपुरमा राम्रो तलाउ देख्यो तलाउ गहिरो भएका कारण शिसु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा छोड्यो। केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो। यो खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो। राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाए। राजा जनकका अरु सन्तान नभएका कारण ती कन्याको पालन पोषण गरे। पछि गएर कन्याको नामकरण गरे। पहिले कन्याको जन्मको आधारमा “सिया” नाम राखे। पछि गएर “सिता” भन्ने गरियो। सितालाई “जानकी” पनि भनिएको छ। सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ। नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो। राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो।

यज्ञका लागि जमीन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ। जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा ‘मिथि’ जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ। रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ। राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन।

वाल्यकाल र विवाह

जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनैना माता हुन्।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए। रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन। अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो। यो बिहेको सम्झना अद्यापि गरिँदैछ। मार्गशुक्ल पञ्चमीका दिन राम(जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ। यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ। यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ।

राजा जनकको पूजा कोठामा शिव धनुष राखिएको थियो। शिव धनुष विशाल भारी भएका कारण कोही पनि साधारण मानिसले उठाउन असम्भव थियो। सिताले संधै पूजा कोठाको सफाई गर्ने काम गर्थिन्। एक दिन राजा जनकले शिव धनुष राखेको ठाउँमा पोतेको देखेर अचम्म मान्दै सीतासँग शिव धनुषलाई कसरी सारेर पोत्यौ भनेर सोधे। सिताले पहिले धनुष उचालेर अर्को ठाउँमा राखेँ पोति सके पछि धनुष पहिले जस्तै गरी राखेको कुरा भनिन्। यो सुनेर राजा जनकले आजबाट सियाको नाम बदलेर सिता राख्नुका साथै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुषसँग सिताको विवाह गरि दिने कुरा घोषणा गरे। एक दिन सिता बगैचामा एउटा रुखको छहारीमुनी बसिरहेको बेला रुखमा भएका सुवाको भाले पोथीहरू सिताको वर्णन गर्दै थिए। उनीहरू एक आपसमा सिता लक्ष्मीको अवतार भएको र यिनको विवाह भगवान विष्णुको मनुष्य अवतार अयोध्या पति दरशरथका पुत्र रामसँग हुने कुरा गर्दै थिए। यो सुनेर सिताले आफ्ना सखिहरू सँग ती पंक्षीहरूलाई समातेर ल्याउने आज्ञा दिईन्। यो सुनेर सबैले सुवाको जोडीलाई समात्ने कोसिस गर्न थाले।

भाले सुवा उडेर गयो तर गर्भवती भएका कारण पोथी सुवा उड्न नसकेका कारण सिताको सखिहरूले समातेर ल्याए। त्यस पछि सिताले रिसाएर सुवा सित “राम भनेकोको हो रु मेरा वुवाले मेरो विवाह शिव धनुष चलाउन सक्ने पुरुष सित गरिदिने निश्चय गरेका छन् तिमीहरू जाबो पंक्षी भएर मेरो विवाह हुने पुरुषको तुलना गर्छौ” भनेर सोध्न लागिन् यो देखेर भाले सुवा आएर गर्भवती भएका कारण पोथी सुवालाई छोडि दिने बिन्ती गर्न थाल्यो। तर सिताले पोथि सुवालाई नछोडेकाले पोथी सुवाको मृत्यु भयो। त्यस पछि भाले सुवाले सितालाई गर्भवती अवस्थामा पति विछोडको श्राप दियो। त्यही सुवाको जोडीको पछि गएर अयोध्यामा धोबीको रूपमा पुनर्जन्म भयो। कालान्तरमा राजा जनकले सिताको सयम्वर गराए। अयोध्या राजकुमार रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले सिताको विवाह रामसँग भयो्रउर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन्। यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो। माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन्।

वनवास

रानी केकैको वचन हारेका राजा दशरथको आज्ञा अनुसार राम १४ वर्ष वन जाँदा जिद्दी गरेर सीता पनि सँगै गइन्। साथमा लक्ष्मण पनि गएका थिए। अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयासँग पातिव्रत्यधर्मको उपदेश लिएकी थिइन्। लक्ष्मणले नाक काटिदिएपछि रावणकी पत्नी शूर्पणखाले राम, लक्ष्मणलाई मार्न खर, दूषण र त्रिशिराको १४ हजार सैनिक ल्याई तर रामका प्रतापका अगाडि ती टिक्नसकेनन्। शूर्पणखाले दाजु रावणलाई उचाल्नपुगी। एकदिन राम वनमा गएका बखत ‘मारिच’ले छल गरी रामकै स्वरमा लक्ष्मणलाई पुकार्दा सीता विहृवलित भई लक्ष्मणलाई कर गरी त्यतै पठाउँछिन्। मौका ढुकिरहेको रावण जोगीको भेष गरी आएर लक्ष्मणले बनाएको रेखा पार गरेमात्र भिक्षा लिने बताउँछ। सीताले त्यसै गर्दा रावणको फन्दामा पर्छिन्। आकाशमार्ग हुँदै रावणले सीताहरण गर्दा अगाडि आएका जटायुलाई घाइते बनाई अशोक वाटिकामा पुर्‍याउँछ र अर्धाङ्गिनी बनाउन अनेक तिगडम चाल्नथाल्छ।

सीताको सतीत्व डगमगाउन ऊ सफल हुँदैन। मन्दोदरी र त्रिजटाको कोमल वाणीले सीतालाई केही राहत पुग्छ।सीताको खोजीमा निस्किएका राम, लक्ष्मण सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तयार गर्छन्। रामद्वारा पठाइएका दूत हनुमानलाई देख्दा उनी दङ्ग पर्छिन्। सीता सतीसाध्वी भएकीले हनुमानको पीठमा बसेर पतिछेउ पुग्न अस्वीकार गर्छिन्। राक्षसद्वारा पुच्छरमा आगो लगाइएपछि हनुमानलाई लङ्कादहन गर्ने अवसर प्राप्त हुन्छ। रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ। मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन्। सन्तस्वभावका विभीषणलाई लङ्काको राजा बनाइन्छ।सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन्। अग्निपरीक्षामा सीता निष्कलङ्क ठहरिएपछि आफ्नो पतिका साथ पुष्पक विमानद्वारा अयोध्या पुग्छिन्। लोकापवादले त्यहाँ पनि उनलाई छाड्दैन। रामले सीतालाई पुनः वनबास पठाउँछन्। गर्भवती सीतालाई महषिर् वाल्मीकिको आश्रय प्राप्त हुन्छ। यहीँ उनले लव र कुश सन्तान जन्माउँछिन्। रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन्। सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन्। दरबारमा यी बालकले रामायण सुनाउँदा राम विहृवल हुनपुग्छन्। आफ्नो छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन्।

अन्तर्ध्यान स्वर्गाहरण

वाल्मीकिको आश्रममा पुगेर सीतालाई अयोध्या र्फकन भन्छन् तर त्यसपूर्व सतीत्वको किरिया खान आग्रह गरिएपछि सीता ज्यादै द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार्छिन्, धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन्। यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीमा कथा समाप्त हुन्छ। धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ। पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्शनारी कोही देखिँदैन। सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ(उनलाई भगवतीको दर्जा प्राप्त छ। उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ। जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि महागौरवको कुरो हो।

श्रीराम अवतार

राम वा रामचन्द्र, (रामायण)अनुसार प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरू मध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ। उनको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना गरेका थिए । विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् ।

रामचन्द्र हिन्दुत्ववादिहरको पनि आदर्श पुरुष हुन्। राम, अयोध्याको राजा दशरथ र रानी कौशल्याको सबै भन्दा जेठो पुत्र थिए। रामकी पत्नीको नाम सीता थियो ९जसलाई लक्ष्मीको अवतार मानिन्छ० र उनका तीन भाइ थिएस् लक्ष्मण, भरत र शत्रुघ्न । हनुमान, रामको, सबै भन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरे । हिन्दू धर्मको कयौँ चाड पर्व, जस्तै दसैं र तिहार, रामको जीवन(कथा सँग जोडिएका छन् ।

जन्म
भगवान श्रीरामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रूपमा भएको थियो। रामायणका अनुशार भगवान विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम ९१२ कला०, लक्ष्मण ९२ कला०, भरत र शत्रुघन क्रमशः एक एक कलामा विभाजीत गरेर चारवटा पुत्रको रूपमा जन्म लिएका थिए। ती मध्य सबै भन्दा जेठा श्रीराम जसलाई राम, रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदी अलग अलग नामले चिनिन्छ। मर्यादा पुरुष श्रीराम पितृ बचन मान्नेहरूमा एक हुन्। उनकी माताको नाम कौशल्या थियो। राजा दशरथलाई धेरै दिन सम्म कुनै सन्तान नभएका कारण गुरु बशिष्ठको आज्ञानुशार पुत्रेष्ठी यज्ञा गराएका थिए। त्यसपछी राजा दशरथकी तिनवटी रानीहरूबाट चारवटा छोरा जन्मेका थिए।

शिक्षा तथा विवाह
भगवान श्रीराम र उनका भाइ लक्ष्मणलाई गुरु विश्वामित्रले प्राचिनकालको धनुर्विद्या सिकाएका थिए। पढ्नको लागि राम र लक्ष्मण दुवै भाइ गुरुको आश्रममा नै गएका थिए। यो बिचमा विश्वामित्र ऋषीले राम लक्ष्मणलाई धनुर्वेका साथै राजपाठ सम्बन्धीको ज्ञान पनि सिकाए । यसका साथै गुरुले दुवै भाईलाई विभिन्न तिर्थस्थानका साथै धेरै नगर, गाँउ तथा जंगलमा रहेका आश्रमहरूको सैर गराए । यसै गरी घुम्ने क्रममा एक दिन विश्वामित्रलाई मिथल्ला ९जनकपुर०का राजा जनककी पुत्री सीताको स्वयम्वर हुन लागेको थाहा भयो। तत्पश्चात विश्वामित्रले दुवै राजकुमारहरूलाई जनकपुर धाम लिएर गए। जानकीको स्वयम्बरको तयारी पुरा शहर भरी भइरहेको थियो। जनकपुर शहरमा खुसियाली छाएको थियो।

शहरको चारै तिर मंगल वाद्यको धुन गुंजीएको थियो। पुरा शहर भरी नर्तक नर्तकीहरू आफ्नो आफ्नो कला प्रदर्शन गर्दै थिए। राजा जनकको दरबारको प्रांगणमा विवाह मण्डप तथा स्वयम्बर स्थल सजाइएका थिए। पृथ्वी भरीका राजकुमारहरू त्यहाँ जम्मा भएका थिए। विश्वामित्रले राम लक्ष्मण राजकुमार भएको र उनीहरू पनि स्वयम्बरमा भाग लिन आएको खबर राजा जनकलाई दिए। अरु राजकुमार जस्तै राम लक्ष्मणको पनि सम्मानका साथ स्वागत गरियो। केही छिन स्वयम्बरको मुहुर्त सुरु भयो र राजा जनकको पूजा कोठामा रहेको शिव धनुषलाई जानकीले स्वयम्बर स्थलमा ल्याएर राखे। त्यसपछी राजा जनकले शिव धनुषको बारेमा सबैलाई जानकारी दिदै धनुष उठाउन जानकीले मात्र सकेकी छन् त्यसकारण जो पुरुषले यो धनुषमा ताँदो चढाएर बाण चलाउँछ त्यसै पुरुषलाई सीताले वरमाला पहिराउने कुरा घोषणा गरे। घोषणा सुनेर सबै वीरहरूले आफ्नो आफ्नो बल अजमाए तर धनुषलाई डगाउन पनि कसैले सकेनन् । त्यसपछी विश्वामित्रले रामलाई धनुष चलाउने आज्ञा दिए। गुरुको आज्ञा पाएर श्रीरामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर तिन टुक्रा भयो। यो देखेर परशुरामलाई आफ्नो गुरुको धनुष भाँचेकोमा राम माथी धेरै रिश उठ्यो।

उनी रामलाई मार्न अगाडि सरे। लक्ष्मणले परशुरामलाई रोक्ने प्रयास गरे यो बिचमा लक्ष्मण र परशुरामको ठुले विवाद पनि भयो तर रामले दुवैलाई शांत गरेर परशुरामको शक्ति खिचेर आफुले लिए। तब परशुराम शांत भएर भगवान श्रीरामको गुण गाउदै आश्रम तिर गए। त्यस पछि जानकीले श्रीरामलाई बरमाला पहिराईन्। राम९सिताको बिवाह सम्पन्न भयो। केही दिन मिथिल्लामा बिताए पछि राजा जनकले राम लक्ष्मण र सितालाई सम्मानका साथ विधाई गरे। त्यसपछी राम, सिता, र लक्ष्मण अयोध्या नगरीमा फर्किए।

वनवास
एक दिन राजा दशरथले श्रीरामलाई अयोध्याको राजपाठ सुम्पने बिचारले आफ्ना मन्त्रीगण, गुरु बशिष्ठ, र अन्य भद्र भलादमीहरूसँग आफ्नो जिज्ञासा राखे । सबैले राजा दशरथको योजनामा समर्थन दर्शाए । अयोध्यामा श्रीरामलाई राज्याभिषेकको तयारी गरियो पुरा शहर नै खुसमाय थियो । राज्यका जनताहरूलाई तिनै लोकका मालिक भगवान श्रीराम आफ्नो राजा हुने भएकाले खुसी थिए । यसै बेला श्रीरामकी सौते आमा कैकयीकी दासी मन्थराले कैकयीलाई उल्टो मति सिखाएर रामलाई वनवास पठाइ आफ्नो छोरा भरतलाई अयोध्याको राजपाठ सुम्पने आग्रह राजासँग गर्नु पर्ने सल्लाह दिई ।

कैकयीले पहिले त यसो गर्न मानिन् तर मन्थराले मिठा मसिना कुराको मोह जाल फिजाईँ । तब कैकयीले पनि राजा दशरथलाई आफ्नो पहिलेको दुईवटा वरदान यतिखेर भरतलाई राजा बनाउनु पर्ने र रामलाई १४ बर्षकोलागी वनवासमा पठाई पुरा गर्ने आग्रह गरिन्। राजा दशरथलाई स्वर्गको युद्धमा कैकयीले ठूलो सहयोग पुराएकी थिईन्। त्यसैबेला राजा दशरथले कैकयीलाई मागे बमोजिम दुईवटा वर दिने वाचा गरेका थिए। कैकयीले पनि आवश्यक परेका बेला म आफै मागौला भनेकी थिईन्। कैकयीले राजा दरशथलाई त्यो वरहरू अब पुरा गर्ने आग्रह गरेकाले राजा दशरथको भित्री मनले नमाने पनि बाहिर मुखले रामलाई १४ बर्षको वनवासमा जानु पर्ने र १४ वर्ष सम्म भरत अयोध्याका राजा बनाईने घोषणा गरे।

भगवान श्रीरामले पनि पिताको आज्ञा मानेर १४ वर्ष वनवास जाने निर्णय गरे। रामको साथमा लक्ष्मणले र सीताले पनि वनवास जाने निर्णय गरे। भोलिपल्ट राम, सीता, र लक्ष्मण वनवासको लागि गए। राजा दशरथको यसै चिन्तामा मृत्यु भयो। त्यसबेला भरत आफ्नो मामाघर गएका थिए। उनी अयोध्या आएर सबैकुरा थाहा पाए। भरत रामलाई फर्काउने प्रयासमा वनमा गए तर रामले पित्री वचन पुरा नगर्दा सम्म अयोध्या नफर्कने निर्णय गरे। गुरु बशिष्ठले भरतलाई राम साधारण मानिस नभएर ईश्वरका अवतार हुन् भनी बताए । रामले यो १४ बर्षमा धेरै कामहरू गर्नु छ भनि सम्झाए। त्यसपछी भरत रामको पूजा गर्न निमित्त एक जोडी खराउ लिएर अयोध्या फिर्ता भए । भगवान श्रीरामले सीता र लक्ष्मण सहित वनवासमा ऋषीहरूका आश्रम र धेरै जंगलहरूको सैर गरे । अन्तमा उनिहरूले पञ्चवटीमा गएर आफ्नो कुटी बनाएका थिए।

सीता हरण
राम, सीता र लक्ष्मण पञ्चवटीमा बसिरहेको बेला एक दिन उनीहरूको आश्रममा आधुनिक श्रीलङ्काका तत्कालीन् राजा लंका पति रावणकी बहिनी सुपर्नखा आएर राम लक्ष्मणसँग विवाह गर्ने आग्रह गर्न लागी। राम, लक्ष्मणले धेरै सम्झाए तर सुपर्नखाले आफ्नो जिद्दी न छोडेकाले लक्ष्मणले रिसाएर उसको साथमा रहेको भाईलाई मारी सुपर्नखाको नाख काटेर पठाएका थिए। सुपर्नखाले आफ्नो सबै हाल बताई। यो देखेर रावणलाई राम लक्ष्मणमाथी रिस उठ्यो। रावणले आफ्ना २ जना मुख्य मन्त्रीहरू खर र दुषणलाई राम र लक्ष्मणहरूको बध गर्न निमित्त पठायो। खर र दुषण आफ्नो पुरा सेनाको साथ राम लक्ष्मण भएको ठाउँ गएर युद्ध गरे तर रामले खर दुषण दुवैलाई मारिदिए।

यसैले श्रीरामलाई “खरारी” पनि भनिएको छ। यो थाह पाएर रावणले मायावी दानव मारिचीलाई राम लक्ष्मणसँग छलकपट गर्न पठायो। मारिच रावणको आज्ञानुसार रामको कुटी नजीकै गएर सुनौलो मृगको रूप धारण गरी चर्नलाग्यो। यो देखेर सीताले श्रीरामलाई त्यो मृग ल्याउने आग्रह गरीन्। श्रीरामले सीतालाई धेरै सम्झाए तर सीताले आफ्नो जिद नछोडेकाले लक्ष्मणलाई सीताको रक्षा निमित्त कुटीमा छोडेर आफू त्यो मृगको पछि लागे। केही छिनमै रामले मारिचलाई मारे। मारिच मर्दा रामको जस्तै आवाज निकालेर “भाई लक्ष्मण म मरेँ” भन्यो यो आवाज कुटीमा रहेका लक्ष्मण र सीताले सुने।

लक्ष्मणले सीतालाई यो राक्षसहरूको चाल हो भनेर धेरै सम्झाए तर सीताले लक्ष्मणलाई रामको खोजीमा जान बाद्य गरिन्। लक्ष्मण लाचार भएर रामको खोजीमा गए। त्यसैबेला रावणले महात्माको भेषमा सीताको कुटीमा गएर सीता हरण गरेको थियो। रावणले आफ्नो पुष्पक विमानमा राखेर लंका तर्फ लैजाँदै गरेको बेला जटायु नामका गिद्धले उसलाई रोक्न खोजेका थिए तर रावणले आफ्नो तरवारले जटायूको पखेटा काटि दिएकोमा जटायु जमीनमा झरे। सीताले आफ्ना गहनाहरू फुकालेर जमीनमा खसालिन्। गहनाहरू त्रीकुट गिरीमा शभा गरिरहेका बाँदरहरूले भेटाए बानर राज सुग्रीवले हनुमानलाई गहनाहरू सुरक्षीत ठाउँमा राख्न लगाए।

सीताको खोजी
रावणले सीताको हरण गरेर लंकाको अशोक बाटीकामा राखेको थियो। यता राम लक्ष्मण दुवै भाईहरू कुटीमा आएर हेर्दा सीतालाई नदेख्दा दुस्खीत भएर जंगलमा सीताको खोजी गर्न थाले तर सीताको कुनै थाहा पत्ता लगाउन सकेनन्। भगवान श्रीरामलाई त सबै कुरा थाहा थियो तर उनले मानव लिला देखाउनका निमित्त धेरै प्रकारको विलाप गर्दै जंगल जंगल घुम्न थाले। यसरी घुम्दा घुम्दै उनिहरूले जटायुको आवाज सुने जटायु रामको नाम पुकारी रहेका थिए। राम लक्ष्मण दुवै भाईहरू जटायु भए ठाउँ गए। जटायुले श्रीरामलाई सीताको पुरा वृतांत सुनाएर आफ्नो प्राण त्यागे। यसरी जटायुले प्राण त्यागी सके पछि रामले उनको संस्कार गरे। केही दिन पछि राम लक्ष्मण त्रीकुट गिरीमा पुगे त्यहाँ उनिहरूको भेट हनुमान सुग्रीव,जाम्बवान, लगाएत अन्य वीर वानरहरूसँग भयो। भगवान श्रीरामलाई सुग्रीवले सीताजीका गहनाहरू देखाए। तब रामले सुग्रीवसँग मित्यरी पनि लगाए।

सुग्रीव किष्कांधका बाँनर राजा बालीका भाइ थिए तर दुईभाईमा आपसी वैरभाव बढेकाले बालीको डरबाट बच्नको लागि सुग्रीव यहाँ आएर लुकी बसेको कुरा रामलाई ज्ञात भयो। त्यसपछी श्रीरामलाई सुग्रीवको मद्दत गर्ने इछ्छा भयो उनले किष्कांधबाट बालीलाई बोलाउन लगाए। बाली सुग्रीवको लडाईँ गराएर बालीलाई मारी सुग्रिवलाई हमेशाको लागि निडर गराए। यसरी बालीलाई मारेर सुग्रीवलाई किष्कांधाका राजा बनाई सकेपछी बाँदरहरूको सेनालाई सिताको खोजीको जिम्मा दिईयो। हनुमान, जाम्बवान, अंगद आदी अनगिनती बाँनर तथा भालुको फौँज सिताको खोजीमा जंगल जंगल डुले तर केही टुङ्गो लागेन तब उनिहरूको भेट जटायुका भाइ सम्पाती नामका गिद्धसँग भयो। सम्पातीले उनीहरूलाई सीताजीलाई रावणले लंकामा लिएर राखेको कुरा ज्ञात गराए। यो थाहा पाएर सबै बाँनर तथा भालुको सेना समुद्र तटमा जम्मा भएर आपसमा कसरी लंका जान सकिन्छ भनेर छलफल गर्न थाले। तब हनुमानले समुद्रलाई नाघेर सीता भेटेर आउने अठोट गरे। त्यसपछी हनुमान बाँकी सेनालाई त्यहिँ छोडेर समुद्रमा उडे।

हनुमान लंकामा गएर सबै भन्दा पहिले अशोक बाटीकामा सितालाई भेटे। फेरी रावणको बगैँचाको नास गर्न थाले यो खबर थाह पाएर रावण पुत्र अक्षयकुमार हनुमानसँग लड्न गयो हनुमानले अक्षय कुमारलाई मारिदिए। त्यसपछी लंकामा हाहाकार मचियो। सबै हनुमानको डरले काँप्न थाले। तब रावणपुत्र मेघनाथले हनुमानलाई ब्रह्मपासमा बंधक बनाएर रावण भए ठाउँ पुगायो। तब रावणले हनुमानलाई रामको दुत भएको थाहा पायो। रावणका भिविषणले दुतलाई मार्न हुदैन बरु हनुमानले हाम्रो बगैचाको नास गरे वापत यिनलाई कुनै अरु सजाय दिनु पर्छ भन्ने कुरा राखे। सबैले भिविषणको मतानुशार हनुमानको पुछरमा घिउमा मुछेको कपडा लपेटेर त्यसमा आगो लगाउने सल्लाह गरे। त्यस पछि हनुमानको पुछरमा घिउ मुछीएको कपडा बाँधेर आगो लगाएर हनुमानलाई छोडियो। हनुमानले पनि आफ्नो बल्दै गरेको पुछर लिएर पुरा लंकामा आगो लगाएर रावणको लंकालाई छिन भरमै जलाएर खाक पारे। त्यसपछी हनुमान सीता भए ठाउँ गएर बिदा मागी फिर्ता भए। हनुमानलाई कुरेर बसेका बाँनर सेनाहरूले हनुमान आएको देखेर खुसी भए हनुमानले पनि आफु लंका गएर सीतालाई भेटेको र लंका जलाएको कुरा भने। त्यसपछी सबै किष्कंधा पुगेर रामलाई भेटी सीता भेटिएको खबर सुनाए।

राम रावण युद्ध

सीताको खबर पाइसके पछि भगवान श्रीरामले किष्कंधामा बाँदर र भालुको सभा बसालेर सबैसँग सीतालाई कसरी ल्याउन सकिन्छ भन्ने सल्लाह गरे। सबैले लंकामा गएर रावणलाई सम्झाउने यदी मानेन भने युद्ध जीतेर सीतालाई ल्याउने राय प्रकट गरे। त्यसपछी राम, लक्ष्मण, सुग्रीव, हनुमान लगायत अनगिन्ती बाँदर र भालुको सेनाले लंका जाने तयारी गरे। सबै फौँज समुद्रको किनारामा जम्मा भए सागरले श्रीरामलाई पुल बनाएर आफ्नो सेना तार्ने आग्रह गरेकाले श्रीरामले स्वर्गबाट नल र निल दुईवटा कालिगढलाई बोलाएर रामेश्वरम नजीकै राम सेतुको निर्माण गराए उक्त राम सेतु दक्षिण भारतको समुद्रमा आज पनि देख्न सकिन्छ।

सबै फौँज राम सेतु पार गरेर श्रीलङ्का पुग्यो। रामको सेनाहरूले लंका नजीकै पुगेर आफ्नो शिविर बनाएर बसे। त्यस पछि श्रीरामले रावणको दरबारमा बालीपुत्र अंगदलाई दुत बनाएर पठाए। अंगदले रावणलाई सम्झाउने कोशिस गरे तर घमण्डी रावणले आफु बाँचुल्जेल सीता वापस नगर्ने अठोट गरेकाले अंगद फिर्ता भए। हुनत रावण पनि चार वेदको ज्ञाता अपार ज्ञान भएको ज्ञानी र तपश्वी थियो। उसले आफ्नो मृत्यु भगवान श्रीरामकै हातबाट होस् भन्ने बिचारले जानी जानी सीताको हरण गरेको थियो तर सीता माथी उसले कुनै कुकर्म गरेको थिएन। त्यस पछि रावणलाई उसैका भाइ भिविषणले सीतालाई स९सम्मान फिर्ता गरिदुनु पर्छ भनी सम्झाउने कोशीश गरे तर रावणले उनको कुरा मानेन उल्टो विभिषणलाई घरबाट निकाली दियो। त्यसपछी विभीषण राम तर्फ गएर रामकै सहयोग गर्न थाले। रावणले आफ्नो सेना तयार गरेर रामको सेनासँग लड्न पठायो तर रामको सेनाले रावणको सबै सेना मारेर सिध्याए।

यसै गरी रावणले फेरी आफ्नो छोरा मेघनाथलाई रामसँग लड्न पठायो मेघनाथले युद्धमा ठुले पराक्रम देखाएको थियो। लक्ष्मणलाई बाण लगाएर मुर्छा पारेको थियो। तर हनुमानले दोर्णाचल पर्वतबाट संजीवनी बुटी ल्याएर लक्ष्मणलाई होसमा ल्याए। हनुमान दोर्णा गिरी ल्याउदै त्यसपछी लक्ष्मणले मेघनाथलाई मारे। यसै गरी रावणले आफ्नो भाइ कुम्भकर्णलाई रामसँग लड्न पठायो तर त्यसलाई पनि श्रीरामले स्वर्ग पठाए। यसै गरी रावणले आफ्नो गुप्त छोरा अहिरावणलाई युद्धमा पठायो त्यो पनि रामकै हातबाट मर्न गयो। त्यस पछि रावणको पातालवासी छोरा नरकांतले राम लक्ष्मणलाई सुतेको मौका पारेर पाताल पुरायो। उसले पातालमा राम लक्ष्मणलाई एक मन्दिरमा बली दिने मनसायले लुकाएर राखेको थियो। तर हनुमानले बेलैमा गएर नरकान्तलाई मारेर राम लक्ष्मणलाई फिर्ता ल्याए। त्यसपछी रावण आफै युद्धमा गयो। देवराज इन्द्रले रावणलाई रथमा स्वार भएको र राम जमीनमा देखेर रामकोलागी आफ्नो रथ र सारथी पठाईदिए। राम रावणको युद्ध भयंकर मच्चियो। हजारवटा हात र दसवटा शिर भएको रावणको नाभिमा अमृत भएका कारण रावणका सबै टाउकाहरू काटेर जमीनमा झारे पनि फेरी नयाँ टाउका निर्माण हुन थाले। अंतमा भिविषणको राय अनुशार श्रीरामले अग्नी बाणको प्रयोग गरेर रावणको नाभिमा रहेको अमृत शोषण गरे। त्यसपछी रावणको बध गरे। भगवान श्रीरामले रावण मारि सके पछि विभिषणलाई लंकाको राजगद्दी सुम्पेर सीतालाई फिर्ता लिई अयोध्या फर्के।

राम राज्याभिषेक तथा सीता त्याग
भगवान श्रीराम अयोध्यामा फर्किए पछि अयोध्यावासीहरूको खुसिको सिमा नै रहेन। चारै तिर श्रीरामको जयकारा गुंजायमान थियो। सबै अयोध्यावासीहरू सक्षात विष्णुका अवतार राम र लक्ष्मिको अवतारकी सीतालाई आफ्नो मुलुकमा पाएकाले खुसी थिए। सबैले श्रीराम जानकीको भव्यताका साथ स्वागत गरे। गुरु बशिष्ठले शुभ मुहुर्त हेरेर रामको राज्याभिशेष गरे। रामले पनि प्रजाहरूलाई आफ्नै सन्तान तुल्य पालन गरिरहेका थिए। आज पनि हाम्रो समाजमा सुखका दिनहरूलाई “रामराज्य” भनेको सुन्न पाइन्छ। आफु अयोध्यापति भैसके पछि श्रीरामले आफ्ना केही गुप्तचरहरूलाई राती अयोध्या नगरमा कसले आफ्नो बारेमा के भन्दै छरु भन्ने खबर बुझ्न पठाए।

गुप्तचरहरू पनि श्रीरामको आदेशानुसार नगरमा घुम्दै चियो गर्न थाले। सबै नगरवासीहरू श्रीराम जानकीको गुण गान गाउँथे तर नगरको एक धोबीले आफ्नो स्वास्नीसँग झगडा गर्दै “म यो मुलुकका राजा राम जस्तो हैन बुझिस्, जसले अर्काको पोइल गएकी स्वास्नीलाई ल्याएर फेरी आफ्नो गृहणी बनाएर राखेका छन्।” भनेको सुनियो। त्यो सुनेर गुप्तचरहरू राजा राम भए ठाउँ गएर धोबीको कुरा सुनाए। यो सुनेर श्रीरामले लक्ष्मणसँग सीतालाई लिएर जंगलमा छोडेर आउने कुरा गरे। लक्ष्मणले पनि रामको आज्ञा अनुशार गर्भवती सीतालाई जंगलमा रहेका ऋषीमुनीहरूका आश्रम देखाउने निउँले जंगलमा लिएर छोडेर आए। जंगलमा भटकी रहेकी सीताको भेट महर्षि बालमीकीसँग भयो। बालमिकीले सीतालाई आफ्नो कुटीमा छोरी तुल्य बनाएर राखे। त्यहाँ सीताका दुइवटा पुत्र लव र कुशको जन्म भयो। लव कुश ठूला भए पछि श्रीरामले आफ्ना पुत्रहरू भएको थाह पाएर अयोध्यामा बोलाए। लामो समयको राज्यकाल पुरा गरेर भगवान श्रीराम आफ्नो मानव लिला समाप्त गरेर बैकुण्ठ गए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार