कोरोना संक्रमणबाट धनुषाधाम नगरपालिका ६ का वडाध्यक्षको मृत्यु

धनुषा । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

७० वर्षीय मोक्तानको आज (बिहीबार) विहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए ।

वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो लागेपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो ।

उनी यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए । शरीरमा अक्सिजन लेभल समेत कम रहेको वडाध्यक्ष मोक्तानको गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार