काठमाडौँ । गायक रमित लामा र गायिका जितु लोप्चनको आवाजमा रहेको तामाङ भाषाको प्रेम गीत ‘घोर्गी ताम’ बोलको गीत बजारमा आएको छ । काठमाडौँको बौद्धस्थित छिमेकी क्याफेमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।
‘डाँडा है पारी’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा आएका गायक रमित लामाले आफ्नो पहिलो गीतबाट नै चर्चा बटुलेका थिए ।
दिपेश प्रधानले संगीत संयोजन र मिक्सिङ गरेका उक्त गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द संगीत रहेको छ ।
त्रिलोक लामाले छायांकन गरेको उक्त भिडियोलाई ड्रोन र कलर सुर्य लामाले गरेआ हुन भने युद्ध लामाले कोरियोग्राफि, अमिर दोङ्ले सम्पादन र निर्देशन गरेका हुन ।
भिडियोमा सागर मोक्तान र याङी दोङको उत्कृष्ट अभिनय रहेको छ ।
भिडियो






