बेलायतमा कोरोनाको भयाबह स्थिती, एकै दिन २४ हजार भन्दा बढी संक्रमित

उज्यालो प्रतिनिधि १३ कार्तिक २०७७, बिहीबार कोरोना [Covid-19] विशेष

काठमाडौं। लन्डन – बेलायतमा बुधबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ ।

यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्य्कतिहरु रहेका छन् । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ ।

सरकारी तथ्याङ्कअनुसार झन्डै एक तिहाई मृतकहरु ७५ वर्ष भन्दा माथिका रहेका छन् । तर पछिल्लो समयमा भने ठूलो संख्यामा मृत्यु हुनेमा ९० वर्षमाथिका रहेका छन् ।

कोरोनाको संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक सुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार २२७ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।

हाल ९०२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने ९ हजार ५२० जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार