भारत – चीन सीमा विवाद : चिनियाँ राष्ट्रपतिले सैनिकहरुलाई भने – ‘युद्धको लागि तयार हुनुहोस’

उज्यालो प्रतिनिधि २९ आश्विन २०७७, बिहीबार विश्व

काठमाण्डौ । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रणको रेखामा सीमा विवादलाई लिएर भारत र चीनबीच समस्या आएको छ । विश्वको नजरमा हेर्ने हो भने चीनले भारतसँग शान्ति वार्ताको कुरा गर्दछ तर वास्तविकता यो छ कि यसले युद्धको तयारी पनि गरिरहेको छ । चिनियाँ राष्ट्रपति शी जिनपिब्ग्ले आफ्नो सेनालाई युद्धको लागि तयार हुन आग्रह गरेका छन । यसका साथ जिनपिंगले चिनियाँ सेनालाई उच्च सतर्क हुन भनेका छन्।

समाचार एजेन्सी सिन्हुआ को रिपोर्ट अनुसार चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले मंगलबार दक्षिणी प्रान्त गुआंग्डोंगको एक सैन्य अड्डा भ्रमण गरे र सेनालाई युद्धका लागि तयारी गर्न आग्रह गरे। जिनपिंगले पीपुल्स लिबरेशन आर्मीलाई भने, “आफ्नो सम्पूर्ण दिमाग र उर्जालाई युद्धको लागि तयारीमा राख्नुहोस्।”

सीएनएनको रिपोर्ट अनुसार सिन्ह्वाको भनाइमा भनिएको छ कि जिनपिंगले चाओझो शहरमा पीपुल्स लिबरेशन आर्मी मरीन कोर्प्सको निरीक्षणको क्रममा सैनिकहरूलाई उच्च सतर्कतामा बस्न भन्यो। साथसाथै उनले चिनियाँ सैनिकहरुलाई पूर्ण वफादार, बिल्कुल शुद्ध र भरपर्दो हुन भनेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार