एजेन्सी । भारतमा एकैदिन ६० हजारभन्दा कम मात्रै सङ्क्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५५ हजार ३४२ जना सङ्क्रमित भएका छन् भने ७०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख नौ हजार ८५६ पुगेको छ ।
अहिले भारतमा कुल सङ्क्रमितको सङ्या ७१ लाख ७५ हजार ८८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्लबार जनाएको छ ।
Facebook Comments Box