| Monday 12 October, 2020

मन्त्री गुरुङद्धारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्नु भएको छ ।
मन्त्री गुरुङले सोमबार पुल्चोकस्थित समाज कल्याण परिषदको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच परिषदको मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औंपचारिक जानकारी गराउनु भएको हो ।

सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यामबाट मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ ‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ. दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको समाज कल्याण परिषदले जनाएको छ । परिषदका अध्यक्ष समेत रहनु भएका मन्त्री गुरुङले सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सामाजिक उद्यमशीलताको अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँ–गाउँसम्म पु¥याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । ‘सामाजिक उद्यमको अभियान र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउपर्ने आवश्यक्ता छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘समाज रुपान्तरणका लागि पनि सामाजिक उद्यमशीलतालाई अघि बढाउनुको विकल्प छैन ।’ उहाँले सामाजिक उद्यमशीलताको अभियानलाई विश्व विद्यालयहरुले पनि शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले संघ, संस्थालाई आत्म निर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोषको जरुरी रहेको बताउनु भएको थियो । परिषदले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोषको संयोजक तोकेको छ भने कमलप्रसाद निरौला, डा. रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा. सुनिल चित्रकार, प्रकृति मैनाली र जितेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ । कार्यक्रममा मन्त्री गुरुङले कोषका नवनियुक्त संयोजक ज्ञवाली तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको पत्र दिनु भएको थियो ।

 

खोज्नुहोस्

बिचार

सबै

के अघोषित रुपमा लोडसेडिङ हुन थालेको हो ?

काठमाण्डौ । समग्रमा यसबर्ष बिगतभन्दा पानी धेरै पर्यो । देशका ठुला जलाशययुक्त आयोजनाहरु अझै पनि भरी नै छन । देशको अहिलेको मौसम पनि समयानुकूल नै छ । कुनै प्राकृतिक बिपत्तिको चपेटामा देश छैन । रन अफ दि रिभर अर्थात नदिको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुले पनि आफ्नो क्षमतामै उत्पादन गरिरहेका छ्न। पछिल्लो केही दिन यता देशका […]

दशैंको आशिर्वाद, युवराज खतिवडा भएस् !!!

एकातर्फ कोरोनाको महामारी । अर्कोतर्फ दशैंले छपक्क छोप्न लाग्यो । के गर्ने के नगर्ने मान्छेहरु रणझुल्लमा छन् । तरपनि दशै भनेको दशैं नै हो । हिन्दुहरुको सबैभन्दा ठूलो पर्व, जुन गैर हिन्दुहरुले पनि आ–आफ्नो विधी अनुसार मनाउँछन् । र, दशैं बहुसङख्यक नेपालीले मान्ने खानपानको पर्व भनौं । भेटघाटको पर्व भनौं । अनि विजयको पर्व पनि […]

कुलमान घिसिङका कारणले ढलेको एउटा पर्खाल

मलाई भारतका प्रधानमन्त्रीज्युले राष्ट्रिय सुरक्षा परिषद्का सदस्य बनाउनुभयो । अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई । भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो (एउटा पर्खाल भत्काई दिएँ भनेर । हामी सबैको ठूलो लक्ष्य पर्खाल भत्काउने हुनुपर्छ । पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि हँदैन भनेर बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ । अनि […]

संविधानले जनतालाई निम्छरो रैती होइन, बहुबली शासक बनाएको

हिजो मात्र हामी नेपाली जनताले पाचौं संविधान दिवस मनायौं । जुन नेपालको संविधान २०७२ हो । उक्त संविधानको पहिलो वाक्यमा लेखिएको छ ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यो वाक्यले स्पष्ट पार्दछ की जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनलाई नै टालटुल गर्दै अनि कामचलाउ बनाउँदै आएका थियौं । त्यसको अन्त्य गर्दै हामी नेपाली जनता […]