वर्तमान सरकार कुरामा हैन काममा विश्वास गर्छ : मन्त्री ढकाल

उज्यालो प्रतिनिधि १० आश्विन २०७७, शनिबार फोटो समाचार

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताउनुभएको छ । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सक समारोहमा सम्बाेधन भर्चुवल सम्बाेधन गर्दै मन्त्री ढकालले सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताउनुभयो ।


उहाँले कोभिड १९ को विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रम मार्फत नै सम्बाेधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्ने बताउनुभयो ।

उहाँले क्यान्सर रोगले सबैलाइ दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिनुभयो । क्यान्सरबाट मृत्युहुनेहरू मध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै हामीले पनि क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताउनुभयो ।

सोक्रममा मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिकीकरण गर्नुभएको थियो । शनिबारबाटै भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ । मन्त्री ढकालले भर्चुवल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ गर्नुभयो । यसले क्यान्सर अस्पतलमा सेवा लिन अाउने सेवाग्राहीलाइ अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार