मैले बैज्ञानिकहरुलाई र खोपमा विश्वास गर्छु, तर म ट्रम्पलाई विश्वास गर्दिन : बाइडेन

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार विश्व

विल्मीन्टन । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो ।
उहाँले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उहाँले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गर्नुभयो । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

बाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गर्नु भएको छ ।सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन ।”उहाँले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गर्नुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार