युरोपेली देशमा कोरोना संक्रमितको संख्या बढ्दै

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार विश्व

काठमाडौँ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ ।

अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ ।

संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताए । उनले युरोपेली देशका लागि कठिन घडी आएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको उनले बताए ।

यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार