काठमाण्डौ । दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्न आदेश दिएको छ।
गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको छ।
दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेको छ।
चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै उत्तरले चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिएको अमेरिकी सेनाको भनाइ छ। हिन्दुस्तान टाइम्स






