यो चिनियाँ कोरोना विरुद्धको खोप नाक मार्फत दिइनेछ, यो हो पुरा जानकारी

उज्यालो प्रतिनिधि २६ भाद्र २०७७, शुक्रबार मुख्य नेटवर्क

काठमाण्डौ । देश र विश्वमा कोरोना भाइरसको प्रभाव निरन्तर बढ्दै गइरहेको छ। कोरोना खोपमा विभिन्न प्रकारका अनुसन्धानहरू निरन्तर भइरहेका छन्। कोरोना खोप बजारमा आउन समय लिन सक्दछ। यसैबीच चीनले नोजल अर्थात नाकबाट दिने कोरोना खोपको परीक्षणको लागि अनुमति दिएको छ। धेरै देशहरू खोप बनाउनमा व्यस्त छन्, तर हालसम्म कसैले पनि सफलता हासिल गर्न सकेको छैन। यस चिनियाँ खोपको परीक्षण केही समय पछि सुरू गरिनेछ। आज हामी तपाइँलाई यस लेखको माध्यमबाट चिनियाँ खोपको बारेमा सबै कुरा बताउनेछौं।

नोजल भ्याक्सिनको परीक्षणका लागि अनुमति

चीनले यस नाक खोपको परीक्षणलाई अनुमोदन गरिसकेको छ। यस खोपको पहिलो चरणको परीक्षण नोभेम्बरमा सुरु हुनेछ। यस चिनियाँ खोपले कोरोना भाइरसबाट बचाउन मद्दत पुर्‍याउँने विश्वास छ । नाकबाट दिइने यो खोप हङकङ विश्वविद्यालय, शियामेन विश्वविद्यालय र बेइजिङ्को भान्ताइ जैविक फार्मेसी द्वारा विकसित गरिएको हो।

१०० स्वयंसेवक खटाइएका छन्
१०० स्वयम्सेवकहरू यस खोपको परीक्षणको लागि खटाइएका छन्। हङकङ विश्वविद्यालयका अन्वेषक युएन क्वोक-युंग भन्छन् कि यस खोपको परीक्षण तीन चरणमा गरिनेछ, जसमा एक बर्ष लाग्ने छ।

नाक मार्फत दिने खोप कत्तिको प्रभावकारी छ ?
धेरै विज्ञहरू भन्छन् कि नाक मार्फत दिने खोप कोरोना भाइरसको रोकथाम र तत्काल प्रभावका लागि लाभदायक हुन सक्छ । नाक मार्फत खोप दिएर यसले सिधा कोरोना भाइरसलाई आक्रमण गर्दछ र यसलाई हटाउन सक्षम हुनेछ।

पहिला नै गरिसकेको छ अध्ययन
बेलायतका अनुसन्धानकर्ताहरु द्वारा गरिएको एक अध्ययनमा यो दाबी गरीएको छ कि नाक मार्फत कोरनोना खोप अधिक फाइदाजनक हुन सक्छ। अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनका वैज्ञानिकहरूका अनुसार फोक्सोमा सिधै औषधोपचार गर्नु कोरोनासँग लड्न उत्तम उपाय हुन सक्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार