हेमन्त कान्छाको “किन होला खै” भाग-२ सार्वजनिक ।

उज्यालो प्रतिनिधि २५ भाद्र २०७७, बिहीबार संगीत

हिरा अधिकारी/काठमाडौं

गायक एवं संगीतकार हेमन्त कान्छाको यसअघि सर्वाधिक रुचाइएको गीत “किन होला खै”लाई भाग २ बनाएर ( दुई दिन हँसायो ) बोलको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

वरिष्ठ सर्जक राजकुमार बगरले लेखेका गीतमा संगीत पनि बगरकै रहेको छ भने स्वर हेमन्त कान्छा रसाइलीको रहेको छ । भिडियोमा कलाकारहरु उसा सुवेदी, शिशिर भण्डारी र हेमन्त कान्छाको उत्कृष्ट अभिनय रहेको छ ।

पछिल्लो केही समय यता सांगीतिक बजारमा हेमन्त कान्छाको एकपछि अर्को गर्दै नयाँ गीतहरु आइरहेको छ । बिशेष गरी समसामयिक बिषयमा गीत बनाएर गाउनमा माहिर हेमन्त कान्छाले अग्रज सर्जकहरुको लोपोन्मुख गीतहरु पनि धेरै गाएका छन्।

लोकगीतमा एक पृथक धार हुन्छ, यसलाई पछिल्लो समयमा धेरै कलाकारले छोड्दै गएका छन। ब्याटल, रक दोहोरी र अली उत्तेजित पार्ने किसिमका ब्रोक लय रक ड्रेसअप र पप टाइप को भोकल ले लोकगीत को मर्म लाई आघात पुर्याइरहेको बेला हेमन्त कान्छाले भने लोक गीतको जगेर्ना हुनेगरी एकपछि अर्को गर्दै
लोकगीत बजारमा ल्याएर लोकसंगीतको जगेर्ना गर्न मद्दत गरिरहेका छन् । हेर्नुस् भिडियो । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार