नेप्से दोहोरो अङ्कले घट्यो

उज्यालो प्रतिनिधि २२ भाद्र २०७७, सोमबार अर्थ

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ । कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ । व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।

कारोबारमा आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४० लाख ३७ हजार ६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो । यस्तै नागरिक लगानी कोष रु १५ करोड ६३ लाख तीन हजार ५६९, नेको इन्स्योरेन्स रु नौ करोड तीन लाख १९ हजार ९२७, एनएमबी बैंकको संस्थापक शेयर रु आठ करोड ८२ लाख चार हजार ८८०, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी रु आठ करोड २४ लाख ९५ हजार ६४ र शिवम् सिमेन्ट रु सात करोड ५४ लाख ९४ हजार ८२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, उन्नती सहकार्य लघुवित्त ९.९१, यूनिभर्सल पावर कम्पनी ९.८७, जोशी हाइड्रोपावर ८.८६, नागरिक लगानी कोष ७.९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले कमाए । त्यस्तै, एनआरएन इन्फ्रास्टकचर ९.९२, घलेम्दी हाइडङो ६.८५, हिमालयन पावर पार्टनर ५.८८, अरुण काबेली पावर ५.०८ र एआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार