नेप्से ओरालो लाग्यो

उज्यालो प्रतिनिधि १८ भाद्र २०७७, बिहीबार अर्थ

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने ध्येयका साथ काठमाडौँमा निषेधाज्ञा जारी गरेको पछिल्लो १५ दिनको अवधिमा बजारले नयाँ विन्दु कायम गरेको थियो । बजार बढेर नेप्सेले धेरैपछि एक हजार ५०० विन्दु कायम गरेको थियो ।

साताको अन्तिम दिन आज भने भने नेप्से परिसूचक ०.१५ विन्दुले घटेर एक हजार ५१०.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ ले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८६ कम्पनीको ९३ लाख दुई हजार ९७० कित्ता शेयर रु दुई अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ मूल्य बराबरको कारोवार भयो । बजार पूँजीकरण भने बढेर रु १९ खर्ब ९८ अर्ब बराबर पुगेको छ । कोरोनाका कारण सम्पूर्ण आर्थिक गतिविधि समस्यामा परेको भएपनि शेयर बजारले भने सन्तोष गर्ने वातावरण बनाइदिएको छ । आज भने नेप्से झिनो अङ्कले घटेपनि केही सूचकमा भने वृद्धि भएको छ ।

आज कारोवार भएका १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर घटेको छ । सात उपसमूहको शेयर बढेको छ । बैंकिङ २.९६, व्यापार ९.७१, विकास बैंक ४.७१, जलविद्युत् २४.९८ र उत्पादन उपसमूह ३५.९४ ले घटेको छ । होटल ३१.७४, वित्त ०.०७, निर्जीवन बीमा ६७.३४, अन्य ११.९७, लघुवित्त ७.४६, जीवन बीमा १५.३२ र सामूहिक लगानी कोष ०.०६ ले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको प्रतिकित्ता रु ८८९ मा रु ४१ करोड ५७ लाख सात हजार २३८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । सो कम्पनी पछिल्ला केही दिनदेखि कारोवारका आधारमा शीर्ष स्थानमा रहँदै आएको छ ।

यस्तै, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड चार लाख ९० हजार २६९, नेको इन्स्योरेन्स रु नौ करोड ४७ लाख दुई हजार २९४, नेपाल बैंक लिमिटेड रु आठ करोड ९९ लाख ६ हजार १३८, अरुण कावेली पावर कम्पनी रु सात करोड ८७ लाख १२२ हजार ८८१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड १३ लाख ८५ हजार ९८७ र माथिल्लो तामाकोशी रु पाँच करोड ५२ लाख ४६ हजार ९०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा उन्नती सहकार्य लघुवित्त ९.९२, अरुण काबेली पावर कम्पनी ९.८७, एनआरएन इन्प्रmास्टकचर ९.८२, जोशी हाइड्रोपावर ९.०९ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ७.४६ प्रतिशतले कमाए । त्यस्तै, पाँचथर पावर कम्पनी ६.९९, हिमालयन पावर पार्टनर ६.२१, ङादी ग्रुप ५.५९, एचआइडिसिएल ५.१९ र सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले ४.७६ प्रतिशतले गुमाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार